श्रावण ५, २०८२ सोमबार July 21, 2025

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको छ । घोडाघोडी नगरपालिका -२ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दाय गरेको हो ।

शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न  परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।शाहको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन,यूपी राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको अख्तियारको ठहर  छ ।

अख्तियारका अनुसार झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको पुष्टि हुन आएकाले शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय र मागदावीसहित आरोप-पत्र दायर गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार