श्रावण ५, २०८२ सोमबार July 21, 2025

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।

आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ ।

सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उहाँहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताउनुभयो । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उहाँको भनाइ थियो ।

निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययनअध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ ।

हाल गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका सभापति कमला तुलाधरले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठासम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमलाई पालिकास्तरसम्म पुर्‍याएर प्रभावकारी शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजले गत वर्ष पनि यस्तै प्रकृतिको पहिलो चरणको शैक्षिक कार्यशाला गरेको थियो । यस पटक त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय तथा एसओएसलगायत विद्यालयका करिब ३२ जना विज्ञहरूले कार्यशालाको सहजीकरण गर्नुहुनेछ ।

देशभरका विभिन्न विद्यालयका गणित शिक्षकले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणाअनुसार विज्ञद्वारा फरकफरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा गरिने बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार