कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बाजुरामा मौलिक पर्व अनन्ते मेला शुरु

बाजुरालीहरुको स्थानीय मौलिक संस्कृति बोकेको पर्व अनन्ते मेला बाजुरामा शुक्रवारबाट सुरु भएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाजुरालीहरुको स्थानीय मौलिक संस्कृति बोकेको पर्व अनन्ते मेला बाजुरामा शुक्रवारबाट सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनबाट सुरु गरिने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रुपमा लिने गरिएको छ।

जिल्लामा दशैं पछिको महत्त्वपूर्ण पर्वका रुपमा मानिने अनन्ते मेला ३ देखि ५ दिनसम्म हुने गर्दछ । यो वर्ष शुक्रबार साँझबाट शुरु गरिएको अनन्ते मेला १४ गतेसम्म भव्यताका साथ मनाइने मार्तडी अनन्ते मेला व्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताउनुभयो ।

महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमामा रही न्यायका पक्षधरहरूले विजयी उत्सवका रुपमा अनन्ते पर्व मनाउने गरिएको जानकारहरू बताउँछन्।

अनन्ते मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीतसँगै बिजुराका धुन र गाथाको माध्यमद्वारा मेला मनाउने गरिएको स्थानीय बुद्धिसिंह थापाले बताउनुभयो।

बाजुरामा मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा अनन्ते पर्व मनाउने गरिन्छ । अनन्ते पर्वका अवसरमा जिल्लाको बडिमालिका नगरपालिकाले भोलि सार्वजनिक बिदा समेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार