श्रावण ५, २०८२ सोमबार July 21, 2025

विद्यार्थीहरू विदेश पलायन भइरहेकाेबारे अध्ययन गराैँ : शिक्षामन्त्री

चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको अध्ययन गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभयाे । अहिले सञ्चालन भइरहेका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू विदेश पलायन भइरहेकाेबारे अध्ययन गरौँ । नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेका हुँदा विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने टिम बाैद्धिक व्यक्तित्वको रहेछ । चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ ।’

शिक्षामन्त्री राईले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने पनि बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार