कार्तिक २८, २०८३ शनिबार November 14, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बझाङ भूकम्पप्रति दु:ख व्यक्त

भूकम्पबाट घायल भएकाहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माण तर्फ तत्काल सबैको ध्यान पुर्‍याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको सुदूरपश्चिमी क्षेत्रका विभिन्न जिल्लामा पुगेको क्षति र जनसाधारणमा उत्पन्न त्राशदीप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

पूर्वराजा शाहका तर्फबाट आज जारी एक विज्ञप्तिमा ठूलो भूकम्पपछि उत्पन्न भइरहेका परकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतकर्ता आवश्यक रहेको उल्लेख छ ।

उहाँले भूकम्पबाट घायल भएकाहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माण तर्फ तत्काल सबैको ध्यान पुर्‍याउन आग्रह गर्नु भएको छ ।

यही मंगलबार अपराह्न बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ रिक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बुधबारसम्म बझाङ र आसपासका जिल्लाहरुमा निरन्तर भूकम्पका परकम्प आइरहेका र एक जनाको मृत्यु हुनुका साथै कैयौं व्यक्तिका घर एवं सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार