भाद्र ७, २०८३ आइतबार August 23, 2026

आज एकैपटक तीनवटा संसदीय समितिको बैठक बस्दै

इजरायलमा रहेका नेपालीहरूको अवस्था सम्बन्धमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ।

जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ। बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्था सम्बन्धमा छलफल हुनेछ।

यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यसायी महासंघबाट प्राप्त निवेदनका सम्बन्धमा वन तथा वातावरणमन्त्री, सचिव र खानी तथा भू–गर्भ विभागका पदाधिकारीहरूसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो २ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।

त्यस्तै सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार