श्रावण ५, २०८२ सोमबार July 21, 2025

बनेपामा वाङमय पुस्तक मेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले शुक्रबार देखि शुरु गरेको पुस्तक मेलामा लेखकहरु तथा लेखकका पारखी र पुस्तक अध्ययन गर्न चाहनेहरुको संख्या थपिदै गएको छ । सोहि क्रममा बुधबार विहान सुबिन भट्टराईले पुस्तक मेलाको अवलोकन गरेका छन् ।

अवलोकन गर्दै लेखक भट्टराईले पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी भएको बताए । लेखक भट्टराईले विगतमा आफूले डिग्री सकेर कतै रोजगारी नपाउँदा चरम डिप्रेसनको सिकार भइरहँदा यस्तै पुस्तक मेलामा सहभागि भएर पुस्तक पढ्ने बानी बसेकोले आफ्नो औषधी नै पुस्तक अध्ययन बनेको बताए । पुस्तक अध्ययन पछि जीवन नै परिवर्तन भएको बताउँदै लेखक भट्टराईले त्यो साहस ऊर्जा पुस्तकहरूको अध्ययनबाट मात्रै मिल्ने भएकाले हरेक ब्यक्तिले जीवन उर्जावान बनाउन पुस्तक अध्ययन गर्नु पर्ने बताए ।
बनेपामा रहेका विभिन्न विद्यालयका बिद्यार्थीहरु समेत सहभागी भएको पुस्तक मेलामा लेखक भट्टराईले आफूले लेखक बन्ने प्रेरणा पुस्तक अध्ययन र जीवनको डरलाग्दो समय भएको बताए ।
प्रविधिको प्रयोगले युवा पुस्तालाई पुस्तक अध्ययन गर्ने बानी हराउँदै गएको बताउँदै लेखक भट्टराईले भावी दिनमा यो निकै महंगो पर्ने बताए ।  मेलामा वरिष्ठ साहित्यकार मोहन दुवालले प्रगति पुस्तक भण्डारले जिल्लामा पहिलो पटक गरेको प्रयासको प्रशंसा गर्दै पठन संस्कृति र लेखकले देशको जल्दो बल्दो कुरा बोल्न र लेख्नु पर्ने बताए ।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका बरिष्ठ साहित्यकार मोहन दुवालले लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि झुक्न नहुने बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरे । लेखकहरुको संरक्षण सम्वद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको तथा यस्तो अवस्था निरन्तर रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याए साहित्यकार दुवालले बताए ।

काभ्रेपलाञ्चोकको बनेपामा यो पहिलो पटक वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाडपर्व लक्षित गरी वाङमय पुस्तक मेलाको आयोजना गरेको बताएको छ । पुस्तक मेलामा नेपालका चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । मेलामा सहभागि भई आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले बताए ।
यस्ता कार्यक्रम निरन्तर गर्ने मानन्धरले बताए । पुस्तक मेलामा पुस्तक किन्नेले २० प्रतिशत सम्म छुट पाउने बताउँदै उनले साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार मोहन दुवालको सहयोग र समन्वयमा यो योजना आफूहरुले अघि सारेको बताए ।  मेलाको पहिलो दिन यूवा लेखक तथा प्रज्ञा अमर न्यौपानेले अवलोकन गरी उपस्थितिलाई सम्बोधन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार