भाद्र ७, २०८३ आइतबार August 23, 2026

प्रतिनिधि सभाको बैठक बस्दै

सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे उक्त बैठक बोलाइएको छ । आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची रहेको संङघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्नेछन् । जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले चालु संसद्को अधिवेशनमा १० पटकभन्दा बढी अनुपस्थित प्रतिनिधि सभाका सदस्यहरुको नामावली सूनाउने कार्यसूचीमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार