श्रावण ५, २०८२ सोमबार July 21, 2025

शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा महासङ्घको अनामनगरस्थित कार्यालयमा आज आयोजित बालिकालाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले संविधानले विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घलगायतले स्थानीय तहको मातहतमा आफू बस्न अनिच्छा गर्दै आएका छन् । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयक यही असोज २५ गतेको बैठकले  दफाबार छलफलका लागि शिक्षा हेर्ने समितिमा पठाएको छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानतः एकल अधिकार हामीले पाएको सवालमा कुनै कानुन बनाएर त्यसलाई खुम्च्याउन मिल्दैन ।

साझा अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा सङ्घीय सरकारले कानुन बनाउनुपर्छ ।

कानुनी सहजता भएमा जनताका घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागू गराउन हामी प्रतिबद्ध छौँ ।”

छात्राहरू सक्षम भएमा मात्रै देश बन्ने बताउँदै उहाँले कक्षा १० सम्म निःशुल्क शिक्षा दिलाउन र बालिकाहरूको बढ्दो कक्षा छाड्ने प्रवृत्ति घटाउन प्राप्त स्रोत र साधनका आधारमा स्थानीय तहले पहल गरिरहेको जनाउनुभयो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले किशोरीहरूलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव हासिल गराउन प्रतिकात्मकरूपमा धनुषाकी बालिका मनिषा पण्डितलाई एक दिनका लागि आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

सहभागी बालिकाहरूले आफूहरूका लागि लगानी बढाइ बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर  उचित वातावरण र शिक्षा दिन आग्रह गरेका थिए ।

सिजपका महासचिव तिलोत्तम पौडेलले बालअधिकारको व्यवहारिक अनुभूति दिलाउँदै किशोरीहरूलाई अवसर दिइए नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिनखोजिएको  बताउनुभयो । हरेक अक्टोबर ११ मा बालिका दिवस मनाइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार