भाद्र २९, २०८३ सोमबार September 14, 2026

शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा महासङ्घको अनामनगरस्थित कार्यालयमा आज आयोजित बालिकालाई जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले संविधानले विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घलगायतले स्थानीय तहको मातहतमा आफू बस्न अनिच्छा गर्दै आएका छन् । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयक यही असोज २५ गतेको बैठकले  दफाबार छलफलका लागि शिक्षा हेर्ने समितिमा पठाएको छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानतः एकल अधिकार हामीले पाएको सवालमा कुनै कानुन बनाएर त्यसलाई खुम्च्याउन मिल्दैन ।

साझा अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा सङ्घीय सरकारले कानुन बनाउनुपर्छ ।

कानुनी सहजता भएमा जनताका घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागू गराउन हामी प्रतिबद्ध छौँ ।”

छात्राहरू सक्षम भएमा मात्रै देश बन्ने बताउँदै उहाँले कक्षा १० सम्म निःशुल्क शिक्षा दिलाउन र बालिकाहरूको बढ्दो कक्षा छाड्ने प्रवृत्ति घटाउन प्राप्त स्रोत र साधनका आधारमा स्थानीय तहले पहल गरिरहेको जनाउनुभयो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले किशोरीहरूलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव हासिल गराउन प्रतिकात्मकरूपमा धनुषाकी बालिका मनिषा पण्डितलाई एक दिनका लागि आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

सहभागी बालिकाहरूले आफूहरूका लागि लगानी बढाइ बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर  उचित वातावरण र शिक्षा दिन आग्रह गरेका थिए ।

सिजपका महासचिव तिलोत्तम पौडेलले बालअधिकारको व्यवहारिक अनुभूति दिलाउँदै किशोरीहरूलाई अवसर दिइए नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिनखोजिएको  बताउनुभयो । हरेक अक्टोबर ११ मा बालिका दिवस मनाइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
सम्पत्ति शुद्धीकरणका प्रमुख जोखिम पहिचान, हुन्डी र क्रिप्टोकरेन्सीले बढायो चुनौती
२०८३ भाद्र २९, सोमबार
कति सम्भव छ हेटौँडा-काठमाडौँ ‘रोपवे’ को पुनर्जीवन
२०८३ भाद्र २९, सोमबार