काठमाण्डौंः बाँकेको खजुरामा स्कुल बस पल्टिँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो ।
४० जना विद्यार्थी बोकेर खजुराबाट सिमलघारी गइरहेको बस पल्टिँदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
बस सडकबाट १५ मिटर तल खसेको थियो । बसमा रहेका आठ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया