श्रावण ५, २०८२ सोमबार July 21, 2025

सङ्कटमा इन्जिनियरिङ विषय

तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानसरोवर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नहुँदा डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन हुन सकेको छैन। तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अवस्थामा पुगेको छ। सिमकोट गाउँपालिका–६ को विद्यालयमा भर्ना खोले पनि विद्यार्थी नहुँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना हुन नसकेको हो।

विद्यालयका प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा प्राविधिक धारतर्फको डिप्लोमा सिभिल इन्जिनियरिङ विषयका लागि भर्ना खोल्दा एक जना पनि विद्यार्थी नआएको बताउनुभयो। जसले गर्दा आगामी वर्ष यस विषयको पठनपाठन बन्द हुने अवस्थामा रहेको छ।

उहाँले निर्धारित कोटाको विद्यार्थी सङ्ख्या नपुगेका कारण आर्थिक रूपमा पनि पठनपाठन गर्न नसकिने अवस्थामा पुगेको बताउनुभयो। सिटिइभिटीको नियम अनुसार एउटा सेमेस्टर सञ्चालन गर्नका लागि ४८ जना विद्यार्थी आवश्यक पर्ने गर्दछ। विद्यालयमा उक्त विषय पठनपाठन हुन थालेको पाँच वर्ष भएको छ। यसअघि पनि तोकिएको विद्यार्थी सङ्ख्या कहिल्यै पुगेको थिएन।

उहाँले विद्यार्थी नभएपछि आगामी वर्ष विद्यालयले पाएको उक्त विषयको सम्बन्धनसमेत खारेज हुने अवस्थामा पुगेको बताउनुभयो। सम्बन्धन पाएर पठनपाठन सुरु भएयता हाल दोस्रो सेमेस्टरमा १४ जना, तेस्रोमा तीन जना, चौथोमा चार जना र पाँचौँमा १० जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।

विद्यालयले तीनवर्षे कोर्सका लागि एक जना विद्यार्थीबाट दुई लाख ५० हजार रुपियाँ शुल्क लिने गरेको छ। विद्यालयले अध्ययनका लागि अनुमति पाएको ४८ जना विद्यार्थीमा २४ जना पुगी प्रस्तावना पेस गरे सिटिइभिटीबाट सातदेखि १० लाख अनुदान पाउने अवसरबाट समेत वञ्चित हुँदै आएको छ।  गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार