कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तनहुँको दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ ।

महामिलन पर्वको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ तथा प्राज्ञिक डा.भक्त राईले उद्घाटन गर्नुभयो । सो अवसरमा राईले आधुनिकता र विकासको नाउँमा नेपाली संस्कृतिलाई बिर्सन हुने बताउनुभयो ।

उहाँले परम्परागत सीप, ऋषिमुनिबाट सिर्जित ज्ञानको भण्डारलाई जीवन पद्धतिमा अपनाउनुपर्ने बताउनुभयो । सुसंस्कृत समाज भएन भने भौतिक विकास प्राप्त भएपनि समाजमा शान्ति नपाइने उहाँको भनाइ छ ।

प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले २८ औँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले महामिलन पर्व आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका महासचिव ऋषिराम ढुङ्गानाले व्यासभूमिलाई विश्वमाझ परिचित गराई धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भनाइ राख्नुभयो । ढुङ्गानाका अनुसार व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरूको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने छ ।

महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ । यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवम् १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबिच सम्झौता भई पहिलो चरणमा पाँच करोड ८४ लाख ८४ हजार ५२ रुपियाँ लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ ।

यसका लागि मन्त्रालयको समपूरक अनुदान तीन करोड ८० लाख १४ हजार छ सय ३३ रुपियाँ रहेको छ भने व्यास नगरपालिकाले दुई करोड चार लाख ६९ हजार चार सय १९ रुपियाँ लागत साझेदारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार