भाद्र ७, २०८३ आइतबार August 23, 2026

संसद्लाई जनउत्तरदायी बनाउन प्रेसको भूमिका महत्पूर्ण छ : सभामुख घिमिरे

मुलुकको सामाजिक र राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रले ठूलो योगदान पुर्याएको स्मरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को गतिविधिलाई प्रभावकारी बनाउन र संसद्को सक्रिय क्रियाशीलतालाई आम नागरिकसमक्ष पुर्‍याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले जनताप्रति संसद्लाई उत्तरदायी बनाउन प्रेस जगतलाई आग्रह गर्नुभएको छ ।

विजया दशमी लगायतका चाडपर्वको अवसरमा आज काठमाडौँमा सम्पादकहरूसँग अन्तरक्रिया गर्नुहुँदै सभामुख घिमिरेले मुलुकको सामाजिक र राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रले ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो । उहाँले, संसद् र सांसदका गतिविधिको सुक्षम रुपमा निगरानी गर्दै कमी कमजोरी सुधार्न र संसद्लाई निरन्तर जनताप्रति उत्तरदायी बनाइराख्न सञ्चार क्षेत्रले संसद्लाई सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा सञ्चारकर्मीहरूले संसद्लाई प्रभावकारी बनाउन सभामुखले आवश्यकता अनुसार रुलिङ गर्नुपर्ने, आफ्ना रुलिङको कार्यान्वयन भए नभएको बारे अनुगमन गर्नुपर्ने, संसदीय समितिहरूको बैठक नियमित बसाल्ने र समितिका निर्णयहरू सरकारलाई कार्यान्वयन गर्न घच्घच्याई रहनुपर्ने, संसद्को बैठकलाई अनुशासित बनाउन र आवश्यकता अनुसार कुनै पनि विधेयकहरूमा विज्ञहरुको सल्लाह र सुझाव लिएर विधेयकहरूलाई परिष्कृत बनाउनेतर्फ सभामुखको दायित्व हुने भएकोतर्फ सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार