श्रावण ५, २०८२ सोमबार July 21, 2025

त्रिवि स्नातक सीएसआईटीका विद्यार्थीले अनलाइनबाटै मार्कसिट हेर्न पाउने

यो पटक एउटा सेमेस्टरबाट शुरू भएकाे यो व्यवस्था आगामी दिनमा सबै तह र सेमेस्टरमा लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटीको परीक्षाफलको मार्कसिट अनलाइनमा उपलब्ध गराउने भएको छ । संस्थानले एक सूचना जारी गर्दै २०७९ मा भर्ना भएका सीएसआईटीका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको ईमार्कसिट उपलब्ध गराएको जानकारी दिएको हो ।

यस सँगै परीक्षामा आफू उत्तीर्ण भए/नभएको थाहा पाउनुका साथै कुन विषयमा कति प्राप्ताङ् आयो भनेर अनलाइनमा नै हेर्न सकिने भएको छ । कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमीका अनुसार यो पटक एउटा सेमेस्टरबाट शुरू भएकाे यो व्यवस्था आगामी दिनमा सबै तह र सेमेस्टरमा लागु हुने बताए ।

साथै भर्नादेखि, त्रिविमा भर्नु पर्ने सम्पूर्ण फाराम अनलाइन हुने समेत उनले जनाकारी दिए । यसले विश्वविद्यालयलाई डिजिटलमैत्रि बनाउन सहयोग पुग्ने उनकाे बताए । अनलाइनबाट मार्कसिट हेर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि विद्यार्थीले आफ्नो परीक्षा र सिम्बोल नम्बर टाइप गर्नुपर्छ । त्यसपछि तल रहेको ग्रेडशिटमा प्रेस गर्नुपर्छ । अब विद्यार्थीले आफ्नो ग्रेड प्राप्त गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार