श्रावण ५, २०८२ सोमबार July 21, 2025

शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्छ : महासचिव पोखरेल

विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्।

दाङको तुलसीपुर-६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए।

‘सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो,’ उनले भने।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ। कक्षा १२ मा व्यवस्थापन संकायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए।

उनका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ। त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन्। हालः दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन्।

प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए। एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो। यससँगै विद्यालयमा सातवटा भवन रहेका छन्। जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार