कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

मकर राशिका जातकलाई नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १५ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १ तारिख बुधबार कार्तिक कृष्णपक्षको चतुर्थी तिथि रोहिणी नक्षत्र ६ः३० पर मृगशिरा नक्षत्र परिघ योग बब करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त सांझ १७ः१८ बजे हुनेछ ।

आजको राशिफल

मेष – कृषिकर्ममा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने समय छ । पितृधनको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, सतर्कता अपनाउनुहोला । विशेष योजना गोप्य राख्नु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूमाथि भर नपर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काममा सफलता मिल्ने योग छ ।

वृष – पठन-पाठनमा प्रगति हुनेछ र रोकिएका काम सम्पादन हुने समय छ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । आम्दानी बढ्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यापारमा पनि फाइदै हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – केही खर्च बढे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि हासिल होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ननेछ ।

सिंह – व्यवसायमा लगानी बढाउन सकिने दिन छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । पुराना समस्या दोहोरिन सक्छन्, सचेत रहनुहोस् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ, तथापि प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । हितैषीजनको साथ मिल्नेछ ।

कन्या – नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका मित्रजन नजिकिनाले हर्ष बढ्ला । तपाईंको कामको धेरैले तारिफ गर्नेछन् । आयआर्जन पनि राम्रै हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति र पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला – मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सक्नुहोला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । तामसिक काममा आकर्षण बढ्ला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – नवीन योजना सिद्धिका लागि अनिच्छित सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खास समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – सामर्थ्य बढ्नेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त होला । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइनेछ । जिम्मेवारी बढिरहनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मकर – नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । तर सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । पतिपत्नीबीच पनि घरसल्लाह नमिल्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – राम्रै फाइदाको योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने र व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार