श्रावण ५, २०८२ सोमबार July 21, 2025

कक्षा ५ मा अध्ययनरत छात्र मन्जिल ल्वागुनले ब्लुटुथबाट चल्ने स्पिकर बनाएर गरे चमत्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इलामको रोङ गाउँपालिका वडा नं २ स्थित श्री शशी माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र मन्जिल ल्वागुनले ब्लुटुथबाट चल्ने स्पिकर बनाएका छन् । विभिन्न प्रतिभाका धनी मन्जिलले कार्टुन, बिग्रिएको ब्लुटुथ, स्पिकर, एम्प्लिफायर, ब्याट्री र तारको प्रयोगगरी उक्त ब्लुटुथबाट चल्ने स्पिकर बनाएका हुन ।

यस अघि पनि उनले स्थानीय सामग्रीको प्रयोग गरि पंखा, मिक्स्चर, पानी तान्ने मोटर इत्यादि बनाएका थिए । ११ वर्षीय मन्जिलले सामाजिक सञ्जालको अध्ययन गरि नयाँ नयाँ सामानहरूको निर्माण गरिरहेको बताएका छन् ।

युट्युबमा भएका भिडियो हेरि स्रोत सामग्री जुटेसम्म नयाँ सामग्रीको निर्माण गर्ने मन्जिलले बताए । निम्न वर्गीय परिवारमा जन्मिएका मन्जिल आफ्ना बुवा र हजुरआमासँग बस्दै आएका छन् ।

सानै उमेर देखि प्राविधिक कुराहरूमा रुचि राख्ने स्वभाव भएका मन्जिलले गाउँ घरमा बिग्रेका मिक्स्चर, फ्रिज, इत्यादि बनाउदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया