श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रधानाध्यापक र शिक्षकले लगाएको ताला स्थानीयले यसरी फुटाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरी जिल्लास्थित आशीमियाँ दारुल उलन मदरसामा प्रधानाध्यापक र शिक्षकहरूकै अगुवाइमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । मदरसा शिक्षाका लागि नगरमै अब्बल मानिएको सो मदरसामा कार्यरत शिक्षक, शिक्षिकाले विगत तीन महिनादेखि तलब पाउन नसकेको भन्दै अघिल्लो दिन मंगलबार तालाबन्दी गरेका थिए, जसकारण पठनपाठन ठप्प भएको थियो ।

मदरसाको बैंक खातामा तलब खान पुग्नेगरी रकम मौज्दात हुँदाहुँदै व्यक्तिगत रिसइबीका कारण चाडपर्वका बेलामा समेत अध्यक्ष आसिन मियाँले तलब खुवाउन आलटाल गर्दै गएपछि आक्रोशित शिक्षकले तालाबन्दी गरेका थिए ।

८६ जना विद्यार्थी अध्ययनरत मदरसामा उर्दू, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ । पढाइ अब्बल रहे पनि अध्यक्षको मनोमानीका कारण मदरसामा बेलाबेलामा विवाद उत्पन्न हुने गरेको स्थानीय अभिभावकको गुनासो छ ।

तालाबन्दीपछि मदरसाको पठनपाठन ठप्प भएपछि राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, वडाध्यक्ष चन्द्रशेखर चौधरीलगायत स्थानीय अभिभावकको भेलाले दुवै पक्षलाई राखी छलफल र वार्ता गरेको थियो ।

छलफलमा मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले शिक्षक र मौलबीको बाँकी बक्यौता रहेको सम्पूर्ण तलब बुधबार नै खुवाउने प्रतिबद्धता जनाएपछि तत्कालै तालाबन्दी खोलिएको तथा पठनपाठन सुचारु भएको प्रधानाध्यापक रुवीना बेगमले बताइन् ।

पाँच जना शिक्षक रहेको मदरसा राजविराज नगरपालिकाबाट वार्षिक अनुदानस्वरूप प्राप्त हुने २ लाख ४१ हजार रुपैयाँको बजेटबाट सञ्चालन हुँदै आएको छ । राजधानि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया