श्रावण ५, २०८२ सोमबार July 21, 2025

सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

विभिन्न जिल्लाबाट उपस्थित भएका बाटे समुदायका विद्यार्थीको सम्मेलनले उपाध्यक्षमा इन्दिरा बोटे, सचिवमा सविना बोटे, कोषाध्यक्षमा सुजन बोटे र पाँच जना केन्द्रीय सदस्य चयन गरेको समितिका नवनिर्वाचित सचिव सविना बाटेले जानकारी दिइन् ।

सो अवसरमा बोटे जातिको भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा सम्मेलनका अध्यक्ष राजकुमार बोटेले जोड दिए । सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो ।

बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले नगरपालिकाले केही घरधुरी बोटे समुदायको संरक्षण गर्दै बस्ती नै बसालेको बताए । उनका अनुसार बोटे जातिको पुर्ख्यौली पेसा माछा मार्ने तथा डुङ्गा चलाउने हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया