असार २५, २०८२ बुधबार July 9, 2025

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीहरुद्वारा पदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु पदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने माग सहित सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन्।

उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु सबैभन्दा बढी समस्यामा परेको बताउनुभयो । उहाँले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताउनुभयो ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए । व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार