असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्री केपीद्वारा संसदमा देखिएको एकताप्रति आभार प्रकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको हो । दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाही मात्रै देख्न पाईने भन्दै उहाँले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतिको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध भएर हिड्न तयार र सक्षम छ भन्ने कुराको संदेश दिएको भन्दै उहाँले संसदमा उपस्थित राजनीतिक दल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गर्नुभयो ।

साथै नेपाली भूमि र भूमि माथिको न्यायोचित हक अधिकार र हक स्थापित गर्ने साझा विषयमा संसदबाहिर देखिएको एकताप्रति पनि उहाँले सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो । पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थमा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त राम्रो विषय भएको बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै उहाँले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा फलाकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साझा विषय बनाएर सबैको एकताका साथ गरिने कामको जस सबैलाई जाने बताउनुभयो ।

उहाँले भन्नुभयो “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार