कार्तिक २२, २०८३ आइतबार November 8, 2026

स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना खुल्यो

६ मंसिरबाट ६ पुस शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको लागि ६ मंसिरबाट ६ पुस शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

एकीकृत प्रवेश परीक्षा शुल्क नेपाली आवेदकको लागि ५ हजार र विदेशी आवेदकको लागि ८ हजार लाग्नेछ । आवेदन शुल्क हिमालयन बैंक मार्फत आयोगकको फारम भर्ने वेबपोर्टलबाट मात्र भुक्तानी गर्नुपर्ने र आयोगको खातामा रकम सिधै ट्रान्सफर गर्न नहुने सूचनामा उल्लेख गरेको छ ।

एउटै भौचरबाट एकभन्दा बढी शैक्षिक कार्यक्रमको आवेदन शुल्क भुक्तानी गर्न नहुने निर्देशनालयले सूचित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया