श्रावण ४, २०८२ आइतबार July 20, 2025

भूकम्पपछि आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

भूकम्पमा परी ६७ जना विद्यार्थीले ज्यान गुमाए करिब ४० हजार विद्यार्थी प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् ।

प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ ।

‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले भने । उनका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइने छ ।

मन्त्रालयका अनुसार कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उनले भने, ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ ।

जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटका १ शिक्षकको मृत्यु भएको छ ।

रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् । चाडबाडका कारण विद्यालय बन्द भएकाले धेरै मानवीय क्षति नभएको हो ।

सचिव डा। काफ्लेले भूकम्पबाट क्षति भएका विद्यालयमा तत्काल अस्थायी अध्ययन केन्द्र (टीएलसी) निर्माण गर्ने तयारी गरेको जानकारी दिए । कर्णाली प्रदेशले पूर्ण र आंशिक क्षति भएका विद्यालयमा टीएलसी निर्माण गर्ने तयारी गरिरहेको छ ।

मन्त्रालयले एक महिना लामो बिदापछि आजबाट विद्यालय खुल्दा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको आँकलन गरेको छ । भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार