श्रावण ४, २०८२ आइतबार July 20, 2025

मदन भण्डारी कलेजको पुस्तकालय सार्वसाधरणका लागि खुला

अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिए।

अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायत विविध विषयमा नेपाली र अङ्गे्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।

पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यसमार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको निमित्त क्याम्पस प्रमुख डा अधिकारीले बताए ।

अध्ययन, अनुसन्धान तथा खोज कार्यलाई प्रश्रय दिन कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स्’ र ‘श्वेतशार्दूल’ जस्ता जनरल पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समयसमयमा काठमाडौँबाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोगस्वरूप पुस्तक पनि उपलब्ध गराउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार