श्रावण ४, २०८२ आइतबार July 20, 2025

अर्थमन्त्री डा. महतद्वारा जनक शिक्षाको अनुगमन

जनक शिक्षालाई कामको खाँचो नहुने भन्दै सरकारले छपाइका लागि केन्द्रलाई नै दिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेका छन् । केन्द्रले गरिरहेको विद्यालयस्तरको पाठ्य पुस्तकको छपाइको मन्त्री महतले स्थलगत अनुगमन गरेका हुन् । उाले जनक शिक्षाको सेक्युरिटी प्रेसको समेत अनुगमन गरे ।

मन्त्री डा महतलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रका काम र गतिविधिको बारेमा जानकारी गराउँदै पुस्तक छपाइ र अन्य सामग्री छपाइको बारेमा जानकारी गराएका थिए ।

उनले विगत चार वर्षदेखि नेपाल सरकारको अन्तःशुल्कसम्बन्धी काम सेक्युरिटी प्रेसमा छपाइ हुँदै आएकोमा सरकारले यसवर्ष उक्त काम भारतमा छपाइ गर्न लगेको भन्दै सरकारका त्यस्ता गोप्य काम केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइका लागि दिन आग्रह गरे ।

मन्त्री डा महतले जनक शिक्षालाई कामको खाँचो नहुने भन्दै सरकारले छपाइका लागि केन्द्रलाई नै दिने प्रतिबद्धता जनाए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार