असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना भाइरस महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल आजदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुरु हुँदैछ ।

गएको मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको यो सिजनका खेलहरु बन्द रंगशालमा कडा सावधानीसहित बिहीबारदेखि पुनः सुरु हुने भएको हो ।

नेपाली समय अनुसार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ । यो खेल नै कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु हुने पहिलो खेल बन्ने छ ।

आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ । तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ ।

स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो ।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए।

२७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया