कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुपादेउरालीको डेढ लाख भेटी भूकम्प पीडितलाई

मन्दिरमा चढाएको भेटीबाट नै १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटमा रहेको प्रसिद्व सुपा देउराली मन्दिरले भक्तजनबाट मन्दिरमा चढाएको भेटीबाट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्शबहादुर केसीले बताए । दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा उक्त रकम सहयोग गरिने उनको भनाइ छ। २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । दिनप्रतिदिन मन्दिरको दर्शन गर्नको लागि आन्तरीक र बाह्य पर्यटकको भिड लाग्ने गरेको छ।

यस्तै सोहि मन्दिरले मन्दिरमा चढाएको भेटीबाट नै १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गदै आएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा– २ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष केसीको बताए । यो बाहेक अन्य गाउँका विकास निर्माणमा पनि खर्च हुने गरेको भनाइ छ ।राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार