श्रावण ४, २०८२ आइतबार July 20, 2025

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।

प्रदर्शनीमा विभिन्न सैन्य सामग्री राखिएको थियो । विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसइइको नतिजा, भौतिक संरचनालगायत विद्यालयको समग्र गुणस्तरका आधारमा विद्यालय छनोट गरी प्रदर्शनीमा सहभागी गराइएको बज्रदल गणका गणपति एवं प्रमुख सेनानी रबिन श्रेष्ठले बताए । प्रदर्शनी करिब नौ सय विद्यार्थीले अवलोकन गरेका थिए ।

प्रमुख सेनानी श्रेष्ठले विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सेनासम्बन्धी सामग्रीको प्रदर्शन गरिएको बताए । “यस्ता कार्यक्रम हामीले विगतका वर्षदेखि गर्दै आइरहेका छौँ”, उनले भने, “विद्यार्थीमा भएको सेनाप्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनबारे बुझाउन प्रदर्शनी आयोजना गरिएको हो ।” प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्रीलगायत राखिएको थियो ।

यी विषयमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गर्दै सेनासम्बन्धी थप जानकारी लिन उत्सुक देखिएको पनि उनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार