श्रावण ४, २०८२ आइतबार July 20, 2025

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते

गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस शनिवार विहान करिब १०ः४५ बजे दुर्घटना भएको हो ।

इलामको माइ नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिए । दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरुमा १४ बर्षीया शान्ति लिम्बु, १३ बर्षीया सिमा राई, १६ बर्षीय मनिका राई र १६ बर्षीया निस्मा सारु मगर छन् । उनीहरुसँगै बनभोज आएका शिक्षक ५७ बर्षीय रामबहादुर मगर र ४९ बर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएकी छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए । घाइते मध्ये शान्तिको अवस्था गम्भीर छ । सो बसमा करिब ५५ जना सवार थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार