कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

उत्तरगयाधाम परिसरमा १०८ शिवलिङ्ग निर्माण भए पछि धार्मिक तथा पर्यटकीय आकर्षण बढने बिश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रसुवाको उत्तरगयामा स्थानीयको सक्रियता र लगानीमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ । रसुवाको उत्तरगया गाँउपालिका-५ को उत्तर गयाधाम परिसरमा एक कार्यक्रमको आयोजना गरी १०८ शिवलिंग स्थापना गरिएको हो ।

स्थानीयहरुको सक्रियतामा १६ लाख ५० हजार रुपैयाँमा ती शिवलिंग स्थापना गरिएको हो । आफ्ना ज्ञातअज्ञात पितृहरुको सम्झनामा उत्तरगयाधाम परिसरमा शिवलिङ्ग स्थापना गर्न चाहनेहरुबाट प्रति शिवलिङ्ग सात हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो ।

अन्य १४ लाख ८१ हजार रुपैयाँ भने दाताहरुबाट संकलन गरिएको थियो । शिवलिङ्ग प्राण प्रतिष्ठामा रूद्री पूजा, लाखबत्ती प्रज्वलन गरी उद्घाटन गरिएको हो ।

उत्तरगयाधाम परिसरमा १०८ शिवलिङ्ग निर्माण भए पछि धार्मिक तथा पर्यटकीय आकर्षण बढने बिश्वास स्थानीयहरुले लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार