श्रावण ४, २०८२ आइतबार July 20, 2025

एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ ।

सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरु हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएका लगायतका समस्या रहेको औँल्याइएको छ ।

एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न गराइएको थियो ।

एजुकेशन इन्टरनेशन विश्वका शिक्षकहरुको साझा संस्था हो । यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको पेसागत क्षमता विकास र उनीहरुको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताउनुभयो । अनुसन्धानकर्ता फ्र्‍्याङ्क लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमतावृद्धिका साथै अधिकार प्राप्तिाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाउनुभयो । नेपाल शिक्षक सङ्घका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमतावृद्धिका लागि आफूहरुले स्थानीय तहसँगको सहकार्यमा काम गरिहरेको जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार