श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा कांग्रेस निकट प्राध्यापकको वर्चश्व (सूचीसहित)

एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा डा. मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा. नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन भएका छन् ।

May be an image of 11 people and scarf

महाधिवेशन प्रतिनिधिमा प्रा डा. कृष्णकान्त पराजुली, प्रा डा. शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा विमला शर्मा, किशोरचन्द्र गौतम, डा. रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्रा सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित भएका छन् ।

निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाइएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक/एक जना निर्वाचित भएका छन् ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार