भाद्र ९, २०८३ मंगलबार August 25, 2026

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाद्वारा उधौलीको शुभकामना

उधौलीपर्वले सबैमा धार्मिक सहिष्णुता कायम गर्ने तथा सकरात्मक सोचको विकास गर्न अहम् भूमिका निर्वाहका साथै सत्मार्गमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उधौलीपर्वले सबैमा धार्मिक सहिष्णुता कायम गर्ने तथा सकरात्मक सोचको विकास गर्न अहम् भूमिका निर्वाहका साथै सत्मार्गमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

“बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्नु सबै नेपाली समुदायको दायित्व र राष्ट्रप्रतिको सम्मान हो”, सन्देशमा भनिएको छ, “किरात समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ ।”

सन्देशमा मानवजीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नमा समेत योगदान रहेको र राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैखाले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा असर पार्ने क्रियाकलापको अन्त्य गर्नु आवश्यक रहेको उल्लेख छ ।

किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूको महान् चाड उधौलीपर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । खेतमा अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर यो पर्व मनाइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार