श्रावण ४, २०८२ आइतबार July 20, 2025

विद्यालय स्थापनाको स्वर्ण महोत्सवमा स्थानीयबाट ४० लाख १८ हजार प्रदान

बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले रू ४० लाख १८ हजार प्रदान गरेका छन् ।

अक्षयकोष स्थापनार्थ सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । सबैभन्दा बढी दोर्दी–८ बन्सारका खर्ब तामाङले रू तीन लाख प्रदान गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिनुभयो । “स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “हालसम्म दुई सय ५० भन्दा बढी यस अभियानमा जोडिनुभएको छ ।”

अक्षयकोषको रकम वृद्धिका लागि स्वर्ण महोत्सवपछि पनि आर्थिक अभियान निरन्तर सञ्चालन हुने प्रअ घिमिरले उल्लेख गर्नुभयो । उक्त अक्षयकोषलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ । बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज सकिने विद्यालयले जनाएको छ ।

विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायत योजना अगाडि बढाएको छ । गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको ढोडेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी सो विद्यालयमा अध्ययन गर्छन् ।

दोर्दीका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताउनुभयो । उहाँका अनुसार हाल विद्यालयमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार