श्रावण ४, २०८२ आइतबार July 20, 2025

शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छः मुख्यमन्त्री यादव

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन्।

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।

प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले संघले शिक्षा क्षेत्रको अधिकार नदिए पनि आफूले प्रदेश सरकारमार्फत शिक्षामा लागनी गरिरहेको बताए।

बाराका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा रामराजाको अग्रणी भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले अझै गुणस्तरीय शिक्षा प्रवाह गर्न क्याम्पसको जनशक्तिसहित बजेट प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

मधेस प्रदेशसभा सदस्य महम्मद समीरले क्याम्पसको उन्नति र प्रगतिका आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाले गरीबका छोराछोरीको उच्च शिक्षाका लागि स्थापना गरिएको क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको गुनासो गरे। हाल एक हजार चार सय विद्यार्थी रहेको उतले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार