श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिवि उपकुलपतिका लागि तोकिएको मापदण्डप्रति अनेरास्ववियुकाे आपत्ति (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिका लागि तोकिएको मापदण्डप्रती अनेरास्ववियुले आपत्ति जनाएको छ ।

आफूहरूले बाेर्ड अफ ट्रष्टिजमार्फत अघि बढ्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका बेला उपकुलपति नियुक्तिका लागि आएको मापदण्डप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै वर्तमान शासकीय स्वरुप अनुरुप प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गर्नुपर्ने बताए । त्यस्तो नगर्दासम्म त्रिविमा राजनीतिक भागबण्डा अन्त्य नहुने र त्यसको विकल्पको रुपमा प्राज्ञिक स्वायत्तता कायम गर्न स्वतन्त्र, निष्पक्ष निकायको रुपमा “बोर्ड अफ ट्रस्टी” गठन गरेर सोही मार्फत खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिहरुलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नुपर्ने माग अनेरास्ववियु रहेको बताए ।

FB_IMG_1704446635587

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया