कार्तिक २२, २०८३ आइतबार November 8, 2026

१४ वर्षका आफ्नै विद्यार्थीसँग शिक्षिका भागेपछि….

२६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतकाे एक बिद्यालयका शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि प्रहरीमा उजुरी परेकाे छ ।

कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् ।१४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागेपछि बाबुले उजुरी दिएका हुन् ।

घटना भारतको गुजरातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आराेप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेपछी प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया