वैशाख २०, २०८१ बिहिबार May 2, 2024

चिनीको मूल्य ६३ निर्धारण गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बजारमा एक्कासी चिनीको मुल्य बढेपछि त्यसलाई नियन्त्रण गर्न संसद मातहत हेको लेखा समिति सक्रिय भएको छ । प्रतिनिधिसभा, अन्र्तगत सार्वजनिक लेखा समितिको बैठकले बैठकले चिनीको मूल्य ६३ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न गर्नुपर्ने ठहर गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।

बैठकमा चिनीको बजार मूल्य रु ६३ भन्दा माथि नजाने भन्दा भन्दैअहिले के कारणले ८० माथि पुग्यो ? भन्ने विषयमा सांसदहरुले प्रश्न गरेका थिए । साथैखाने तेलको एक लिटरमा रु २५, दाल एवं गेँडागुडीमा प्रतिकिलो रु १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको थियो ।

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविक रुपमामूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिको बैठकमाकांग्रेसका राजेन्द्र केसीसहतिका सदस्यहरुले पनि मंहगी नियन्त्रण गर्न सरकारसँग मागगर्नुभएको थियो । पछिल्लो समय सरकारले चिनीको कोटा निर्धारण गरेपछि बजारमा चिनीको मूल्य एक्कासी बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार