कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गोरखनाथ मन्दिरबाट गोरखपुरसम्म धार्मिकयात्रा गरिने

प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ । भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिकयात्रा गर्न लागिएको हो ।

“प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ”, गौमाता सेवा महासङ्घ गोरखाका संयोजक होमसिंह बस्न्यातले भने, “तर गएको २० वर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा गर्न लागेका हौँ ।”

चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघीपर्वका दिन दिउँसो ब्रह्ममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

“धार्मिक हिसाबले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ”, संयोजक बस्न्यातले भने, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाउँलाई जोड्न सके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसँगको सम्बन्धका बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकलाई गोरखा ल्याउन सकिन्छ ।” गोरखाको धार्मिक टोली यही पुस २९ गते गोरखपुरको यात्रामा निस्कने उनको भनाइ छ ।

“बिहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडीसँगै बाजागाजा मङ्गलधुन स्वस्तिकवाचनसहित गोरखाबाट गोरखपुरयात्रा आरम्भ हुन्छ”, उनले भने, “गोरखपुर पुगेर त्यहाँस्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौँ ।” बीस वर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भए पनि पछि उक्त परम्परा बन्द भएको बस्न्यातले बताए ।

गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छाडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, घ्यू, नुन, मासको दाल, बेसारलगायतका खाद्यवस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँका पुजारीले जानकारी दिएको उनको भनाइ छ । परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्लाभित्रका लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने संयोजक बस्न्याले बताउनुभयो ।राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार