कार्तिक २२, २०८३ आइतबार November 8, 2026

साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको लागि फाराम खुल्यो

पुस २९ गतेदेखि आगामी माघ ६ गतेसम्म नियमित र माघ ७ गतेदेखि माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ। परिषद्ले बुधवार एक सूचना प्रकाशित गर्दै दर्खास्त आह्वान गरेको हो।

परिषदबाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाका लागि यहि पुस २९ गतेदेखि आगामी माघ ६ गतेसम्म नियमित र माघ ७ गतेदेखि माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारहरूले परिषद्को वेबसाईट http://regieter.nec.gov.np मा गएर आवेदन फाराम भर्न सकिने व्यवस्था गरेको छ। परीक्षाको मितिलगायत अन्य विवरणका लागि पनि परिषद्को वेभ साइट हेर्न आग्रह गरिएको छ । विद्यार्थी

यस्तो छ सूचनाः

FB_IMG_1704852528459.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया