श्रावण ४, २०८२ आइतबार July 20, 2025

जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू बन्द

शीतलहरका कारण आगामी माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विगत केही दिन देखि शुरु भएको शीतलहरका कारणले साना साना विद्यार्थीहरू प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले आज जारी गर्नु भएको सूचनामा पुस २९ गते देखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिने निर्णय भएको उल्लेख रहेको छ ।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरि दिइएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ । विगत एक साता देखि बिहान देखि चिसो हावा सँगै शीतलहर चलेका कारणले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।

खास गरेर शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्ग, गरिब तथा खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । बढेको चिसोका कारणले दम तथा रुघाखोकीको मात्रामा वृद्धि हुनुका साथै गेठीया तथा दम्माका रोगीहरूमा थप समस्या उत्पन्न भएको छ ।

यसै गरि शितलहर तथा बाक्लो कुहिरोका कारणले विमान सेवा पनि प्रभावित भइरहेको छ । यता शितलहरवाट जोगिनका लागि व्यक्ति विशेषले ठाउँ ठाउँमा दारा वालेपनि धनुषाका कुनै पनि स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया