असार २४, २०८२ मंगलबार July 8, 2025

सपिङ मलहरु भोलि देखि खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौं । व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् ।

सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन् । आर बि कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका हुन् ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

व्यसायीहरुले काममा फर्कनु पर्ने कुनै रहन नभई बाच्नको लागि बाध्यता भएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार