कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाइ गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश नलगाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण भइरहेको हुँदा यसलाई जोगाउने दायित्व सञ्चारकर्मीको पनि भएको उहाँले बताउनुभयो । प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाइ गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उहाँको भनाई थियो । उहाँले सङ्घीय कानुन बन्न नसक्दा राजावादीहरूले राष्ट्रिय राजनीतिमा चलखेल गर्न बाटो पाएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीलाई स्वतन्त्र र निर्बाध रुपमा सूचना प्रवाह गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेषण गरेकै भरमा सञ्चारकर्मीमाथि आक्रमण हुन नहुने उहाँको भनाइ थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया