श्रावण ५, २०८२ सोमबार July 21, 2025

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को २६औँ स्थापना दिवसका अवसरमा शुक्रबार विद्यालय शिक्षा विधेयक र निजी विद्यालयको भूमिका विषयक छलफलमा उहाँहरुले संविधानमा शिक्षा र सम्पत्तिको हक रहेकाले ती दुवैको समायोजन हुने गरी निजी विद्यालयलाई व्यवस्थित गरिने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको स्तर सुध्रन्छ भन्ने आफ्नो पार्टीको मान्यता नरहेको उल्लेख गर्दै सामुदायिक र निजी विद्यालय एकार्काका विरोधी नभई परिपूरक भएको स्पष्ट गर्नुभयो ।

पूर्वमन्त्री लेखकले संविधानको तीनखम्बे नीतिलाई अँगाल्दै मुलुकका योग्य नागरिक उत्पादन गर्ने विषय शिक्षाको केन्द्रविन्दु हुने बताउनुभयो ।

नेकपा (एमाले) का नेता एवं पूर्वसांसद विशाल भट्टराईले निजी विद्यालयलाई बेवास्ता गरेर कानुन बनाउन नसकिने तर नियमन भने गर्नुपर्ने बताउँदै गुठीमा जाने विषय बाध्यकारी नभई स्वेच्छिक गरिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वशिक्षामन्त्री शिशिर खनालले हाल सञ्चालित निजी विद्यालयलाई २० वर्षपछि गुठीमा परिणत गर्ने गरी विधेयकमा आफूहरुले संशोधन गरेको जनाउँदै शिक्षा व्यापार नभई सेवा हो भन्ने सोचलाई आत्मसात गर्नुपर्नेमा जोड दिनभयो ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले मुलुकमा सामुदायिक विद्यालयले शिक्षाको भार थेग्न नसकेको बेला सरकारकै स्वीकृति लिएर सञ्चालन गरिएका निजी विद्यालयलाई आयु तोकेर बन्द गर भनिनुले लगानीकर्तामा निरुत्साहन हुने र गुणस्तरीय शिक्षाको चाहना अधुरै रहनु हो भन्ने जिकिर गर्नुभयो । उहाँले विधेयकमा निजी विद्यालययको योगदानलाई अभिसाप नभई वरदानका रुपमा लिने गरी समावेश हुनुपर्ने माग गर्नुभयो ।

उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार