श्रावण ५, २०८२ सोमबार July 21, 2025

इपिएस परीक्षा दैनिक पाँच सिफ्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।

इपिएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

शाखाका अनुसार इपिएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ । शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आउँदो ६ गतेदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयार भएको जानकारी दिनुुभयो ।

शाखाले दैनिक चार चरणमा आठ सय जनाले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक ‘सिफ्ट’ थपेर पाँच वटा पु¥याउने तयारी गरेको उहाँले बताउनुभयो । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा ‘युविटी टेस्ट ट्याब’ जडान गरेर भाषा परीक्षा लिइँदै आएको थियो ।

इपिएस शाखाका निर्देशक कँडेलका अनुसार भाषा परीक्षामा एक लाख ६४ हजारभन्दा बढी सहभागी हुने भएपछि त्यहाँ रहेको पूर्वाधारबाट समयमा परीक्षा नसकिने भएपछि थप परीक्षा सामग्री माग गरेको बताउनुुभयो । दैनिक एक हजारले भाषा परीक्षा दिन सक्ने गरी शनिबारसमेत परीक्षा सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । “इपिएसमा भाषा परीक्षा दिने आवेदकको सङ्ख्या बढी भएपछि एचआरडी कोरियाले यसका लागि चाहिने उपकरण कोरियाबाट ल्याउन पत्राचार गरेको छ,” उहाँले भन्नुभयो ।

इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार