श्रावण ५, २०८२ सोमबार July 21, 2025

जाडो बढेपछि सुनसरीका विद्यालय बन्द

सुनसरीका प्रायः सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निणर्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शीतलहर र चिसो बढेपछि सुनसरीका प्रायः सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निणर्य गरेको छ । जिल्ला सदरमुकाम इनरुवासहित इटहरी उपमहानगरपालिकाले माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

केही दिनदेखि जाडो बढ्दै गएपछि विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका र उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गरेको जानकारी दिएको छ । इनरुवा नगरपालिकाले यसअघि माघ २ गतेसमम बन्द गरेकोमा जाडो कम नभएपछि माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख डिल्लीराज निरौलाले जानकारी दिनुभयो।

जाडो बढेपछि इनरुवा, इटहरी, गढीसहित सुनसरीका प्रायः सबै विद्यालय बन्द गरेको छ । उता इटहरी उपमहानगरपालिकाले समेत बुधबारदेखि माघ ५ गतेसम्म विद्यालय बन्द रहने उपमहानगरका शिक्षा अधिकृत द्रोणप्रसाद दाहालले बताउनुभयो । उपमहानगरले सम्पूर्ण सामुदायिक, धार्मिक र बालविकास केन्द्रहरुलाई पत्राचार गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

पत्रमा लेखिएको छ, “अत्यधिक चिसो तथा शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभाव परेको हुँदा सञ्चित (मीन पचास) वर्षे बिदाबाट कट्टा हुने गरी मिति २०८०–१०–०३ देखि २०८०–१०–०५ सम्म (तीन दिन मात्र) यस उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, धार्मिक, बालविकास केन्द्रहरु बन्द गरिएको हुँदा सोहीबमोजिम गर्नु–गराउनु हुन जानकारी गराइन्छ ।”

शीतलहर र हुस्सुका कारण सुनसरीको जनजीवन प्रभावित बनेको छ । चिसोले गर्दा दुहवी, इनरुवा, भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, रामधुनी, इटहरी, धरान, वराहक्षेत्रलगायतका स्थानमा बसोबास गर्ने स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार