श्रावण ३, २०८२ शनिबार July 19, 2025

कञ्चनपुरमा दुई सातादेखि शीतलहर, अत्यधिक चिसो बढेपछि शैक्षिक संस्था बन्द

जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत मानबहादुर केसीले भयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिका निमित्त कार्यकारी अधिकृत मोहन फुलाराले बताउनुभयो ।

जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिएको उहाँको भनाइ छ । कञ्चनपुरमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार