श्रावण ३, २०८२ शनिबार July 19, 2025

त्रिवि उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन

अब विज्ञ टोली बनाएर मूल्यांकन गरी उपकुलपति नियुक्तिका लागि सिफारिस गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उपकुलपतिका लागि दरखास्त दिने अन्तिम दिन हिजोसम्म ४३ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा अधिकांश पूर्वपदाधिकारीहरु रहेका छन् । उपकुलपतिमा दरखास्त दिनेमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति शिवलाल भुसाल, पूर्वउपकुलपति तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन कुसुम शाक्यले दरखास्त दिनुभएको छ ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपति इन्द्र कार्की, त्रिवि इतिहास विभागका पूर्वप्रमुख राजकुमार पोख्रेल लगायतले उपकुलपतिका लागि दरखास्त दिनुभएको छ ।

अब विज्ञ टोली बनाएर मूल्यांकन गरी उपकुलपति नियुक्तिका लागि सिफारिस गरिने शिक्षा मन्त्रालयले जनाएको छ । आकांक्षीहरुको सोचपत्र र कार्ययोजनाको मूल्यांकन गर्न विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धाका आधारमा त्रिविको उपकुलपति चयन गर्न छनोट र सिफारिस कार्यविधिसहित सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।

अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार
काँग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड
२०८२ श्रावण ३, शनिबार