कार्तिक २९, २०८३ आइतबार November 15, 2026

धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गुल्मीको तम्घासस्थित धागिथुममा आजभन्दा करिब दुई सय वर्षअघि अर्थात १८औं शताब्दीको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ ।

तीन तले मन्दिर प्यागोडा शैलिमा निर्माण गरिएको छ । जसमा छतसहित पाचँवटा गजुरसमेत रहेका छन् । मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण रहेको छ ।

मन्दिरमा धार्मिक र पर्यटकीय महत्व रहेको छ । सोहि स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना गरिएको छ । स्वस्थानी माताको मन्दीर पनि सोहि अनुसार आकर्षक रुपमा तयार गरिएको छ ।

निकै पुरानो भगवतीको मन्दिर रहेको स्थानमा स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।

नेपाली सेनाको व्यारेक परिसरमा स्वस्थानी माताको मन्दिर यश क्षेत्रमा नभएकाले भक्तजनको सहजताको लागि मन्दिर स्थापना गरिएको थापाले बताउनुभयो । मन्दिर स्थानीय वडाको १ लाख र स्थानीयको ६ लाख गरि ७ लाखमा मन्दिर निर्माण भएको हो ।

मन्दिरमा यहिँ माघ ११ गतेबाट दैनिक पूजा सुरु हुँदैछ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ । सोहि मन्दिर र मूर्ति जस्तै यहाँ पनि स्थापना गरिएको स्थानीय समाजसेवी रामचन्द्र पान्थीले बताउनुभयो । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी बिहिबारबाट आरम्भ हुँदैछ ।

आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने पन्थीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार