असार २०, २०८२ शुक्रबार July 4, 2025

नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान सुरु

५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, १५ माघ । देहरादुनको द इन्डियन पब्लिक स्कुलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ । भारतीय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड(सिबीएसई)बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको जानकारी भैरहवामा पत्रकार सम्मेलन मार्फत दिइएकाे हाे ।

सन २००१ मा स्थापना भएको वोर्डिङ विद्यालय ८० एकड क्षेत्रफलमा अवस्थित छ । होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको विद्यालयको सहप्रचार्य चन्द्रशेखर त्यागीले जानकारी दिए ।

विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरि विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेर्ततवमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिँदै आएको उनले भने ।

शिक्षाको माध्यमबाट पनि दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए । उनले नेपालका दर्जनबढि विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।

५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार